Tuesday, August 4, 2009

समय

आफुभन्दा कमजोर लाइ
छुरा घोपिघोपि
भन्दछ म बलियो छु
त्यो क्रुर घमन्डी समय

Thursday, July 23, 2009

च्यातिदिऊँ झै लाग्छ

हिजो आज एकन्तमा
ठिङ्ग आफुलाइ उभ्याएर
अतितका पलहरुभित्र
बल्झेका घाउहरुको
चुस्की लिदै
सब्दहरुमा अल्झेर
कोरीएको पानाहरु
बिरत्तिएर च्यातिदिए जस्तै
च्यातिदिऊँ झै लाग्छ
यो जिन्दगी
जिउदो तर नबाचेको जिन्दगी

Monday, July 13, 2009

पागलपन

म भित्र कोरिएको
तिम्रो प्रतिबिम्भ सङ्गै
बगिरहेका सम्झनाका लहरहरु भित्र
आफुलाइ समेतेर
कहिले छ्ट्पटीदै त कहिले रमाउदै
अतितका पानाहरुमा
चिप्लेटी खेल्दैछ
मेरो पागलपन
यो एक्लो रातमा

Tuesday, July 7, 2009

अनुशरण

school ground मा student हरु खेलीरहेक छन्। एउटा studentले भाग भाग आयो आयो भनेको सुनिन्छ। अनि तेहा उभिएर गफमा मस्त teacher मध्ये एकले त्यो studentलाइ बोलाउछ।
come here
student दौडेर आयो।
teacher:10 times up down
student 10 times up down गर्छ
teacher: don't speak nepali, now go
अनि फर्केर अरु teacherहरु सङ्ग भन्छ
जति भनेपनि तेर्दैन यिनिहरुले भन्दै गफिन थाल्छन्.........


rule सबैले अनुशरण गर्नु पर्ने होइन र। यो सत्य कुरा हो मैले मेरो घर पछाडी को schoolमा देखेको। अनि मलाइ पनि झोक चल्यो र मैले पनि भन्दिए सुन्ने गरेर- नेपाली बोल्यो भनेर punishment दिने teacher ले आफु पनि नेपालीमा कुरा गर्नु भएन नि। सुनेर लाज लागेछ कि क्या हो त्यो teacher लुखुर लुखुर office तिर गयो।

Wednesday, July 1, 2009

म भित्र अझै बाचेकी छौ

श्रद्दान्जलि तिमीमा चढाउ भने
म भित्र अझै बाचेकी छौ
समर्पणमा जिन्दगी सुम्पिउ भने
केबल प्रतिबिम्भ भइ बाचेकी छौ

अतित कल्पेर हराउन खोज्दा
यथार्थले झस्काइदिन्छ
सम्हालेका केही खुशी पनि
छटपटीले सबै बिथोलिदिन्छ
सारा माया पोखेर रितिउ भने
केबल कल्पना भइ बाचेकी छौ
श्रद्दान्जलि तिमीमा चढाउ भने
म भित्र अझै बाचेकी छौ

बेहोशिएर बेदना भुलाउन खोज्दा
सम्झनाले सधै पछ्याइदिन्छ
सम्झेका तिम्रा मुस्कान पनि
आशुले सङ्गै बगाइदिन्छ
आशु भनेर बगाउ भने
सम्झना भइ सधै बाचेकी छौ
श्रद्दान्जलि तिमीमा चढाउ भने
म भित्र अझै बाचेकी छौ

Sunday, June 21, 2009

यो कस्तो दुरी?

मेरो गोरेटोको अन्त्यमा
प्रीय तिमी मलाइ पर्खिरह्यौ
म आगडी बढी रहदा
गोरेटो लम्बिरह्यो
तिमी सम्म पुग्नै नसकिने
यो कस्तो दुरी?

यात्रा भित्र भेटिएका
केही खुशीका पलहरुमा
प्रीय तिमी सङ्गै हराउन खोज्दा
एक्लोपनमा गुट्मुटीरह्यो
खुसी बाध्न उठेका हर्षहरु
तिमी सम्म पुग्नै नसकिने
यो कस्तो दुरी?

र बिछिप्त हुदै मन
प्रीय तिम्रो यादमा तड्पीरहदा
मेरो पिडा सङ्गै तिम्रो आशु बहिरयो
ती आशु पुछ्न बढेका मेरा हातहरु
तिमी सम्म पुग्नै नसकिने
यो कस्तो दुरी?

Friday, June 19, 2009

computer world sayeri

some of the poem that i wrote. looks funny but it is created in the 1 hr lunch time to pass the time and for fun. i am a programmer so i try to use computer term i think every body easily understand.


क्या मे mouse हु जो तुम् हर बख्त उङुलियोपे नचति हो
या फिर् keyboard हु हर बात् बात् पे दबाति हो
कैसे भुला मैने firewall on कर्ना
तुम् मेरे life मे virus कि तरह् आया
पुरि system पे अप्ना रौनक् जमया
मैने repair भी किया
qurentine भी किया
कुच असर नहि हुवा
आब तो एकी option बाकि है
क्या वो भी दबादु क्या
(i think everybody knows the option. if not then option is ctrl+shift+delete)


this the line i wrote for one of my friend everybody says her that she looking cute yesterday.


कल तुम् इतनी cute थि
screen पे तुम् हि नजर आता था
type करु तो लग्ता था तुमरि चेहेरा बिगर जाता था
programming कर्ने का मन नहोके भी कर् रहाथा
साला आज पता चला कि कल मेरे programming मे पुरे bug था
अरे यार् इतना cute हो के मत आया करो
कल मेरे पुरे दिन हि बेकार हो गया

Wednesday, June 3, 2009

सम्झौता

मेरो घर नै बाङ्गिने गरी आगडीनै हात्ति दुब्ने खाल्दो बनाउने त्यो बाधी निम्त्याउने बिष्णुमती आज पानी माग्दै चिच्याईरहेको देख्दा मलाई खुचिन् भन्न मन लाग्छ र उ पनि मैले नाक थुनेर त्यहा हिड्दा खुचिन् भन्दै होला।

याद छ आझै पनि, त्यो हरे बर्ष आउने बाधी। घर भित्र सम्म पानीले पोखरी बनाउथ्यो आधा सरीर दुब्ने गरी। स्कुल जादा बोकेर लानुपर्थ्यो नत्र लुगै सबै भिज्थ्यो। तेहि बाधीको पानी मेरो कान भित्र पसेर मेरो कान पाकेको थियो तेस्को आसार आजसम्म पनि छ। मरो दाहिने कानले राम्रो सङ्ग सुन्दैन। र मैले पनि मज्ज ले बदला लिये हरेक दिन म त्यसलाई दुर्गन्धित बनाइ दिन्छु। सबैको आगडी बिचरा बन्न बाध्य परिदिन्छु र उ मलाई नाक थुनेर हिदाउन सफल भईरहेछ।

कहिले सम्म यो दोन्ध। अब हामी दुबै पानीको हाहाकारमा बाचिरहेछौ। म पिउनको लागि उ बगाउनको लागि, सयेद अब सम्झौता गर्ने बेला आएको छ उ र म।

Wednesday, May 27, 2009

सम्बेदनशिलता

यो लेख हिजो restaurant म बस्द लेखेको हो। एउटा पागलको behavior र त्यहा बाट जाने मान्छेहरु र म आफैलाई केलाउदै बसिरहेको थिए।

उफ्रन्छ कराउछ
हास्छ दौडन्छ
सर्बाङ्ग उदाङ्गो भएर पल्टीदिन्छ
आफ्नै ब्रमाह्न्डमा रमाउछ
छुट्टै परिभाषा बीच
र फेरि मौन्
अनि रोदन
फेरि पुरानै ब्रमाह्न्ड
र पहिलेकै सम्बेदनशिलता
कयैन् मुकदर्शकहरुको
हराएको सम्बेदनशिलता
सायद मेरो पनि

Sunday, May 17, 2009

नआइज जुन

नआइज जुन त
जिस्किदै मसङ्ग नाडीन
सक्दिन म तसङ्ग
आङ्गालोमा बाधिन
म भित्र उनको भाबहरु
अझै पनि उस्तै छ
तेरो सुन्दरतामा लोभीएर
सक्दिन म
उनको प्रेमको हत्त्या गर्न

Wednesday, May 13, 2009

sorry for modification

yesterday lonely night, moon playing hide and seek with cloud, load shedding, burning candle, media player and earphone. listing music and a song comes.

तिमी आकाश को जुन भयौ
म त याहा को धुलो हु

sing by Deep Shrestha
i dont know whose lyrics is this

but i modify it
sorry for modification
it goes like this

तिमी आकाश को जुन भयौ
म त यहा को धुलो हु
बतास सङ्गै उडेर माथी
चुम्ने रहर छ तिमीलाई

तिमी अध्येरीमा जग्मगायौ
म त कालो छाया हु
नलुकाइदेउ तिमी आफुलाई
हेर्ने रहर छ तिमीलाई

तिमी फुलेको फूल भयौ
म त झरेको शीत हु
बिहनीको झिस्मीसेमा आई
आङलो बाध्ने रहर छ तिमीलाई

Sunday, May 10, 2009

कहिले नमेतिने तिमी

प्रीय
गिलास सङ्गै रितिने भए
आसु सङ्गै पखालिने भए
समय सङ्गै मेतिने भए
तिम्रा यादहरु,
किन
आफुलाई खोज्दा
आउने प्रतिबिम्भ तिमी
स्मृती भित्र
सधै मुस्कुराइ रहने तिमी
मेरो स्पन्दन् भित्र
सधै समेतिने तिमी
म भित्र
सधै बाचिरहने तिमी

कहिले नमेतिने तिमी



departure make tear drops but it dry with a smiles of your warm love
one day i will be there to hold u
kiss your smiles and and take away your pain
rest in peace my love

Tuesday, May 5, 2009

I am writing

May 05, 2009 night, not feel sleepy, so went to roof and seeing the sky, lonely like the half moon. then i think to write something. i try to write but i didn't get any word. i think and think and think , what to write ? but i didnt get anything. when i slept i don't know but today 4 am my mom comes and wake me up.then i did my usual thing and come to office. while in the way to office i know my mind is writing yesterday night. writing about what to write, this or that, not this not that, let me think more, i want more words .......................................................

but the thing is that I am writing something with out knowing by myself.

Saturday, May 2, 2009

lonely

These lines are created when I was walking in Newroad. that time I miss my best friend so much. I was walking alone in the footpath.( remembering my old days with my best friend. We frequently goes to Newroad. I still remember those cafe , those foot way).

footway footprint
I step on yours
but lonely mine





I miss u lot my best friend

Wednesday, April 29, 2009

re posting

this lines are posted long time ago in one of my friend blog http://tenzinblog.blogspot.com/2007/08/blog-post.html in Tuesday, August 28, 2007. Now i am post in my blog too. I label it as pagalpan.

प्रीय तिम्रो यादमा
छट्पटिदै
पिडाहरु लुकाउन
हास्दाहास्दै
बहुलाएका छ्यणहरु

म पागल

यथार्थलाइ बिर्सेर
सपनाहरुसङ्ग खेल्दा खेल्दै
सपना सारा फुटाएर
पीडाहरु खप्दा खप्दै
परिधि बिहिन भएको
म पागल

Thursday, April 23, 2009

तिम्रो मुस्कान

This lines are create more than a year before. Those days i just create a lines but i didnt write
them. i just create some lines and left them incomplete (i use to left all the lines incoplete those days).
प्रीय तिमी मुस्कुराएकी त छौ
तर मेरा पीडाहरु बोकी
त्यो आपुरो जुन जस्तै
आधुरा सपनाहरु छोपि

but yesterday when i was in my roof seeing the sky (i love to spend a night seeing sky) i saw the thin curve moon playing hide and seek in the clouds and those lines again came in my mind. and i complete those line adding few more lines
प्रीय तिमी मुस्कुराएकी त छौ
तर मेरा पीडाहरु बोकी
त्यो आपुरो जुन जस्तै
आधुरा सपनाहरु छोपि
गह भरी आशु लुकाएर
मात्र मेरो लागि
प्रीय मात्र मेरो लागि