Wednesday, June 3, 2009

सम्झौता

मेरो घर नै बाङ्गिने गरी आगडीनै हात्ति दुब्ने खाल्दो बनाउने त्यो बाधी निम्त्याउने बिष्णुमती आज पानी माग्दै चिच्याईरहेको देख्दा मलाई खुचिन् भन्न मन लाग्छ र उ पनि मैले नाक थुनेर त्यहा हिड्दा खुचिन् भन्दै होला।

याद छ आझै पनि, त्यो हरे बर्ष आउने बाधी। घर भित्र सम्म पानीले पोखरी बनाउथ्यो आधा सरीर दुब्ने गरी। स्कुल जादा बोकेर लानुपर्थ्यो नत्र लुगै सबै भिज्थ्यो। तेहि बाधीको पानी मेरो कान भित्र पसेर मेरो कान पाकेको थियो तेस्को आसार आजसम्म पनि छ। मरो दाहिने कानले राम्रो सङ्ग सुन्दैन। र मैले पनि मज्ज ले बदला लिये हरेक दिन म त्यसलाई दुर्गन्धित बनाइ दिन्छु। सबैको आगडी बिचरा बन्न बाध्य परिदिन्छु र उ मलाई नाक थुनेर हिदाउन सफल भईरहेछ।

कहिले सम्म यो दोन्ध। अब हामी दुबै पानीको हाहाकारमा बाचिरहेछौ। म पिउनको लागि उ बगाउनको लागि, सयेद अब सम्झौता गर्ने बेला आएको छ उ र म।

7 comments:

  1. समस्या जहाँ को तहिँ छ तर सबै भन्छन् धेरै परिवर्तन भइसक्यो, बिष्णुमतीमा ढल नै मिसिएको पानी सही तर धेरै पानी बगिसक्यो ।

    ReplyDelete
  2. रचना आत्मपरक छ । दिपजी छिट्टै सम्झौता गरिहाल्नुहोस् । नत्र गार्‍हो पर्ला नि !

    ReplyDelete
  3. तपाईको ब्लग लिष्टमा मेरो ब्लग पनि हालिदिनुहोस् न है मैले तपाईको पहिलै हालिदिइसकँे ।
    http://www.onlinekhaskhas.blogspot.com

    ReplyDelete
  4. सही कुरा | सम्झौता युगको माग हो | जरूर आवस्यक छ, सबै पक्षको भलाईका लागि |

    ReplyDelete
  5. बागमती वा बिष्णुमतीले पहिला तपाईंको कान बिगार्यो अब नाक बिगार्ने धुनमा छन् । शायद यिनीहरु भन्दै छन् जाग है जाग।। किन किन कता कता हामीले यिनीहरुलाई गरेको आन्याएको संकेत हो त्यो,यिनीहरु हामीलाई कहिले रोग त कहिले दुर्गान्ध दिएर हामीलाई सचेत गराउदै छन। लाग्छ बागमती वा बिष्णुमती पनि आत्तिएका छन् , कराएका छन् र अब यिनीहरु आजित भाईसके। लाग्छ अब कुन बेलाबाट यिनीहरु बग्नै छाडिदिन्छन्।

    ReplyDelete
  6. हामी त उहिले देखि थियौं थियौं खोलो नि पानि को हाहाकार मा छट्पटाइ रहेछ ...

    निकै गम्भीर कुरा लेख्नु भएछ ....

    ReplyDelete
  7. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete