मेरो गोरेटोको अन्त्यमा
प्रीय तिमी मलाइ पर्खिरह्यौ
म आगडी बढी रहदा
गोरेटो लम्बिरह्यो
तिमी सम्म पुग्नै नसकिने
यो कस्तो दुरी?
यात्रा भित्र भेटिएका
केही खुशीका पलहरुमा
प्रीय तिमी सङ्गै हराउन खोज्दा
एक्लोपनमा गुट्मुटीरह्यो
खुसी बाध्न उठेका हर्षहरु
तिमी सम्म पुग्नै नसकिने
यो कस्तो दुरी?
र बिछिप्त हुदै मन
प्रीय तिम्रो यादमा तड्पीरहदा
मेरो पिडा सङ्गै तिम्रो आशु बहिरयो
ती आशु पुछ्न बढेका मेरा हातहरु
तिमी सम्म पुग्नै नसकिने
यो कस्तो दुरी?
My All-Time Favourite Book: Mahabharat
1 day ago
