Thursday, July 23, 2009

च्यातिदिऊँ झै लाग्छ

हिजो आज एकन्तमा
ठिङ्ग आफुलाइ उभ्याएर
अतितका पलहरुभित्र
बल्झेका घाउहरुको
चुस्की लिदै
सब्दहरुमा अल्झेर
कोरीएको पानाहरु
बिरत्तिएर च्यातिदिए जस्तै
च्यातिदिऊँ झै लाग्छ
यो जिन्दगी
जिउदो तर नबाचेको जिन्दगी

Monday, July 13, 2009

पागलपन

म भित्र कोरिएको
तिम्रो प्रतिबिम्भ सङ्गै
बगिरहेका सम्झनाका लहरहरु भित्र
आफुलाइ समेतेर
कहिले छ्ट्पटीदै त कहिले रमाउदै
अतितका पानाहरुमा
चिप्लेटी खेल्दैछ
मेरो पागलपन
यो एक्लो रातमा

Tuesday, July 7, 2009

अनुशरण

school ground मा student हरु खेलीरहेक छन्। एउटा studentले भाग भाग आयो आयो भनेको सुनिन्छ। अनि तेहा उभिएर गफमा मस्त teacher मध्ये एकले त्यो studentलाइ बोलाउछ।
come here
student दौडेर आयो।
teacher:10 times up down
student 10 times up down गर्छ
teacher: don't speak nepali, now go
अनि फर्केर अरु teacherहरु सङ्ग भन्छ
जति भनेपनि तेर्दैन यिनिहरुले भन्दै गफिन थाल्छन्.........


rule सबैले अनुशरण गर्नु पर्ने होइन र। यो सत्य कुरा हो मैले मेरो घर पछाडी को schoolमा देखेको। अनि मलाइ पनि झोक चल्यो र मैले पनि भन्दिए सुन्ने गरेर- नेपाली बोल्यो भनेर punishment दिने teacher ले आफु पनि नेपालीमा कुरा गर्नु भएन नि। सुनेर लाज लागेछ कि क्या हो त्यो teacher लुखुर लुखुर office तिर गयो।

Wednesday, July 1, 2009

म भित्र अझै बाचेकी छौ

श्रद्दान्जलि तिमीमा चढाउ भने
म भित्र अझै बाचेकी छौ
समर्पणमा जिन्दगी सुम्पिउ भने
केबल प्रतिबिम्भ भइ बाचेकी छौ

अतित कल्पेर हराउन खोज्दा
यथार्थले झस्काइदिन्छ
सम्हालेका केही खुशी पनि
छटपटीले सबै बिथोलिदिन्छ
सारा माया पोखेर रितिउ भने
केबल कल्पना भइ बाचेकी छौ
श्रद्दान्जलि तिमीमा चढाउ भने
म भित्र अझै बाचेकी छौ

बेहोशिएर बेदना भुलाउन खोज्दा
सम्झनाले सधै पछ्याइदिन्छ
सम्झेका तिम्रा मुस्कान पनि
आशुले सङ्गै बगाइदिन्छ
आशु भनेर बगाउ भने
सम्झना भइ सधै बाचेकी छौ
श्रद्दान्जलि तिमीमा चढाउ भने
म भित्र अझै बाचेकी छौ