Wednesday, July 1, 2009

म भित्र अझै बाचेकी छौ

श्रद्दान्जलि तिमीमा चढाउ भने
म भित्र अझै बाचेकी छौ
समर्पणमा जिन्दगी सुम्पिउ भने
केबल प्रतिबिम्भ भइ बाचेकी छौ

अतित कल्पेर हराउन खोज्दा
यथार्थले झस्काइदिन्छ
सम्हालेका केही खुशी पनि
छटपटीले सबै बिथोलिदिन्छ
सारा माया पोखेर रितिउ भने
केबल कल्पना भइ बाचेकी छौ
श्रद्दान्जलि तिमीमा चढाउ भने
म भित्र अझै बाचेकी छौ

बेहोशिएर बेदना भुलाउन खोज्दा
सम्झनाले सधै पछ्याइदिन्छ
सम्झेका तिम्रा मुस्कान पनि
आशुले सङ्गै बगाइदिन्छ
आशु भनेर बगाउ भने
सम्झना भइ सधै बाचेकी छौ
श्रद्दान्जलि तिमीमा चढाउ भने
म भित्र अझै बाचेकी छौ

9 comments:

  1. राम्रो छ कविता! प्रेमी मनलाई सुन्दर शब्दाकार दिएको छ!

    ReplyDelete
  2. त्यसैले त प्रेम अमर भनेको होला। प्रेम श्रद्दान्जलिसगै बिदा गर्ने सत्य हैन सायद त्यसो गर्न सक्नु हुन्न तपाई। न त प्रेम कल्पना मात्र हो। म त भन्छु प्रेम केही हो र केहि हैन पनि।
    सुन्दर प्रस्तुति र सुन्दर पीडाबोध।।।।

    ReplyDelete
  3. सुन्दर प्रस्तुति को लागी धन्यबाद!!

    ReplyDelete
  4. भेटिए । के होइन प्रेम ?
    नभेटिए के ! होइन प्रेम ?
    माया त सधैं हुन्छ रहिरहन्छ कुनै न कुनै रुपमा । मीठो पिडा बनेर अनि कबिता बनेर पनि ।

    ReplyDelete
  5. श्रद्दान्जलि तिमीमा चढाउ भने
    म भित्र अझै बाचेकी छौ....किन हो दीपजी यसरी झ्वाम्म ! झ्वाम्म ! छुन्छ तपाईंका कविताले ?

    ReplyDelete
  6. राम्रो लाग्यो हजुर !

    ReplyDelete
  7. "श्रद्दान्जलि तिमीमा चढाउ भने
    म भित्र अझै बाचेकी छौ"

    Very deep feeling of love n relationship.
    It steal my heart Deep Jee.

    ReplyDelete
  8. Dherai ramro Kabita lekhnu bhayako rahechha. Ajhai ramro pragati gardai janu hola. Maile pani auta blog banaeko chhu tyashma pani bhraman gari dinu hai.
    http://www.sahityachautari.blogspot.com/ yo mero blog ko link ho.

    ReplyDelete
  9. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete