Sunday, June 21, 2009

यो कस्तो दुरी?

मेरो गोरेटोको अन्त्यमा
प्रीय तिमी मलाइ पर्खिरह्यौ
म आगडी बढी रहदा
गोरेटो लम्बिरह्यो
तिमी सम्म पुग्नै नसकिने
यो कस्तो दुरी?

यात्रा भित्र भेटिएका
केही खुशीका पलहरुमा
प्रीय तिमी सङ्गै हराउन खोज्दा
एक्लोपनमा गुट्मुटीरह्यो
खुसी बाध्न उठेका हर्षहरु
तिमी सम्म पुग्नै नसकिने
यो कस्तो दुरी?

र बिछिप्त हुदै मन
प्रीय तिम्रो यादमा तड्पीरहदा
मेरो पिडा सङ्गै तिम्रो आशु बहिरयो
ती आशु पुछ्न बढेका मेरा हातहरु
तिमी सम्म पुग्नै नसकिने
यो कस्तो दुरी?

12 comments:

  1. ..म आगडी बढी रहदा
    गोरेटो लम्बिरह्यो
    तिमी सम्म पुग्नै नसकिने
    यो कस्तो दुरी ?...छप्पक्कै मन छोयो हजुर ! कुनै कुनै गोरेटोहरु पुग्नै नभ्याई टुङ्गिने पनि रहेछन् ।

    ReplyDelete
  2. Deep jee,
    Namaskar.Yo kabita padhirahada yo tadpai merai ta hoina bhanne lagyo.Atinai saral saras shabda samyojan le bharipurna kabitale uchai chhoyekochha.YO bagai lagatar jharanajhai lagatar bagirahos.

    ReplyDelete
  3. अपूरोमा पूरा हुने नाता पनि हुने रहेछन् जीवनयात्रामा, तपाईँको यी हरफ पढेर अझै प्रस्ट भइयो । लेखाइमा पनि अघिल्ला पोष्‍टमा भन्दा यसमा भाव खुलेको छ । वर्णविन्यासको शुद्धतामा भने ख्याल गर्नैपर्ने देखिन्छ हे दीप जी ।

    ReplyDelete
  4. दीप जी, यो दुरी अब धेरै नबढाउनु है । किनकी दुरी जति बढ्छ त्यति टाढिन्छ । कविता निकै राम्रो लाग्यो मलाई । अझ लेख्दै जानुहोला ।

    कृपया सच्याउनुहोला ? माथिको तपाईको कवितामा 'भेटिएका' हुनुपर्नेमा 'भेतिएका' भएको छ । कृपया सच्याउँदा अझ स्पष्ट हुने थियो कि ?!

    ReplyDelete
  5. एक दुइ वटा शब्द कम्प्युटरमा उतार्दा गल्ति भएछन ... दीपजीले यो त पक्का सुधार्नु होला

    कविताको भावना एबं प्रस्तुति एकदम बेजोड छ | कुनै क्लिष्ट शब्दको प्रयोग बिना नै यत्तिको राम्रो सिर्जना हुँदो रहेछ | अनि दिपकदाइलाई छोएको हरफले मलाई नि अरुभन्दा अलिक बढी छोयो |

    यस्तै यस्तै लेख्दै गर्नु होला...

    ReplyDelete
  6. Jotare Dhaiba जी, राजेश जी, Milan जी
    गल्ती देखाइदिनु भएकोमा धेरै धेरै धन्यबाद।
    मेरो नेपली एकदमै कमजोर छ।
    गल्ती सच्याउने मौका दिनु भएकोमा फेरि पनि आभार ब्यक्त गर्दछु।

    ReplyDelete
  7. तपाइको दुरि नाप्नलाई म पनि आइपुगे दीप जी ढिलै भएपनि । राम्रो भावना लाग्यो मलाई पनि। अरु कुरा त साथिहरुबाट पाइसक्नु भयो ।

    ReplyDelete
  8. राम्रो प्रयास दीपजी! लेख्न नछोड्नुहोला।

    ReplyDelete
  9. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete